भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्बति शाहद्धारा दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

बुधबार, १२ बैशाख २०७५, १९ : २३
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्बति शाहद्धारा दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्बति शाह दलित वालकको अभिभावक वन्नु भएको छ । महानगरपालिका वडा नम्बर २६ मा खद्रैलिमा रहेको राष्ट्रिय आधारभूत बिद्यालय खद्रैलिमा कक्षा चारमा अध्ययनरत मेलीना सुनारको उपप्रमुख शाहले आज देखि औपचारीक रुपमा अभिभाबकत्व ग्रहण गर्नु भएको हो । बिद्यालयकाको ५१ औं बार्षिकोत्सबको अबसरमा आयोजित एक कार्यक्रमका बिच भिम वहादुर सुनारकी छोरीलाई कक्षा चारमा भर्ना गरि अभिभावकत्व ग्रहण गर्नु भएको हो ।

अभिभावकको आर्थिक अबस्था कम्जोर भएर बिद्यालय जान छाडेकि सुनारलाई कक्षा १२ सम्मको शिक्षाका लागि महानगरपालिका उपप्रमुख शाहले जिम्मेवारी लिनु भएको हो । सो अबसरमा सुनारलाई शैक्षिक सामाग्रि,बिद्यालयको पोसाक हस्तान्तरण गरिएको थियो ।

सो अबसमार बोल्दै उपप्रमुख शाहले बिद्यालय जाने उमेरका बालबालिकाहरु लाई काममा लगाउन नपाईने बताउनु भयो । बालबालिकाको अधिकार शिक्षा पाउने रहेको र यो कसैले पनि हनन गर्न नहुने बताउनु भयो । बिद्यालय शान्ति क्षेत्र भएको भन्दै उहाँले शिक्षाको उज्यालो जोतिबाट कोहि पनि बन्चीन हुन नहुने बताउनु भयो । स्थानिय सरकारको निति सामुदायीक बिद्यालयको स्तर उन्नति गर्ने रहेको भन्दै उहाँले सामुदायीक बिद्यालयको शैक्षिण गुणस्तरका लागि पनि महानगरले बिशेष प्राबधान वनाउन लागेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस