मदन भण्डारी स्मृति बाटिकाको संरक्षणमा जनता बैंकको सहयोग

बुधबार, १२ बैशाख २०७५, १७ : ११
मदन भण्डारी स्मृति बाटिकाको संरक्षणमा जनता बैंकको सहयोग

काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण यस बैंकको सहयोगमा गरिने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले यहि मिति २०७५ बैशाख ११ गते उद्घाटन गर्नुभएको थियो ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने यस बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको हो । उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समिति बिच संझौता गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस