निर्यात बढाउन आयात प्रतिस्थापन : वाणिज्यमन्त्री यादव

बुधबार, १२ बैशाख २०७५, १६ : ०५
निर्यात बढाउन आयात प्रतिस्थापन : वाणिज्यमन्त्री यादव

सुर्खेत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको आयात प्रतिस्थापनाका लागि निर्यात बढाउने बताउनुभएको छ । प्रेस सेन्टर कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल अहिले पनि आयातमा बढी निर्भर भएको हुँदा निर्यात बढाउन लघु, साना, ममmौला र ठूलो उद्योगका साथै कृषि उत्पादनमा वृद्धि गर्नुपर्दछ ।”

मन्त्री यादवले कर्णाली प्रदेशमा शुन्य दशमलव शुन्य दुई प्रतिशत उद्योग मात्र रहेकामा यो क्षेत्रको औद्योगिक विकासमा केन्द्र सरकारले सहयोग गर्ने बताउँदै वाम गठबन्धनको सरकारले भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियान अघि सारेको छ भन्नुभयो ।

यातायात क्षेत्रमा चुनौतीका रुपमा देखिएको सिण्डिकेट सरकारले निर्णय गरेर तोडेको बताउँदै उहाँले बहुदल आएसँगै खुला बजार नीति, आर्थिक उदारीकरण र निजीकरणको विस्तार हुँदा विशेषगरी निजीकरणका नाममा राष्ट्रियता बेचिएको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री यादवले नीति र नेतृत्व फेरिए पनि संरचना पुरानै भएको उल्लेख गर्दै पहाडमा बाटोघाटो पु¥याउन र उद्योगधन्दा स्थापना गर्न सके यो क्षेत्र आर्थिक हिसाबले सम्पन्न हुने बताउनुभयो । रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउन काम थालेको बताउँदै उहाँले सरकारी, निजी क्षेत्र र आम जनताको सहमागिताबाट उद्योग क्षेत्रमा नमूना विकास अबधारणा शुरु गर्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री यादवले सरकारले हरेक क्षेत्रमा विशेष आर्थिक क्षेत्र ९सेज० निर्माण गर्ने नीति लिएको छ, यसले पनि मुलुकको समृद्धिमा सहयोग पुग्नेछ भन्दै मुलुकका सबै क्षेत्रमा देखिएको सिण्डिकेट तोडेरै छाड्ने बताउनुभयो । “हिजो कर्णाली प्रदेश गरीब थियो, आज पनि छ तर भोलि हुने छैन, यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको आपसी समन्वय बलियो हुनुपर्नेछ,” उहाँले भन्नुभयो, “यदि मुलुकले खोजेको आवश्यकताअनुसार मन्त्री, चालक होइन, खलासी बनेर काम गर्न तयार हुनुपर्दछ ।”
नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री यादवले दुई धारका पार्टीको संयोजन हुन केही समय लागे पनि व्यवस्थित रुपमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभयो । -रासस

प्रतिक्रिया दिनुहोस