भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

बुधबार, १२ बैशाख २०७५, १६ : ०२
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आज ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ । (रासस)

प्रतिक्रिया दिनुहोस