पुर्व प्रधानमन्त्री प्रचण्डले भने वृद्धा भत्ता ५ हजार सुनिश्चित भई सक्यो

बुधबार, १२ बैशाख २०७५, १५ : २४
पुर्व प्रधानमन्त्री प्रचण्डले भने वृद्धा भत्ता ५ हजार सुनिश्चित भई सक्यो

चितवन । पुर्व प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृद्धा भत्ता ५ हजार पुर्याउने काम भईरहेको बताउनुभएको छ । सक्रिय ज्येष्ठ नागरिक समाज पार्वतीपुरले आयोजना गरेको चार दिवसीय ज्येष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाम गठबन्धनको साझा घोषणा पत्रमा वृद्धा भत्ता बढाएर ५ हजार पुराउने भनिसकिएकाले अबको बजेटमा सम्बोधन हुने जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरुलाई पारिवारिक सहज वातावरणमा बाच्न पाउने वातावरण निर्माण गर्नुपर्ने प्रचण्डको भनाई छ ।साझा घोषणा पत्र अनुसार जनताले निर्वाचन मत दिएकाले वृद्धा भत्ता वृद्धि हुन्छ । उहाँले भन्नुभयो ,“वृद्धा भत्ताको विषयलाई सम्बोधन गर्नै पर्छ । जो कुरा भनेको छौ ,त्यो कार्यन्वन गर्नै पर्छ । ” जेष्ठ नागरिकको लागि सम्मान एवं सहानुभूती लागि वृद्धा भत्तालाई सरकारले महत्वपुर्ण विषयको रुपमा हेरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस