काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम तय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिना उमेरसम्मकालाई जुकाको औषधी खुवाइने छ ।
मन्त्रायलयले नजिकको स्वास्थ्य केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लैजान अनुरोध गरेको छ । त्यसरी लैजाँदा कोरोनाको संक्रमणको जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, ०७ : ५३
लेखकबाट थप