सप्तरीमा आगलागीबाट पाँच घरमा क्षति

बुधबार, १२ बैशाख २०७५, ०९ : ०१
सप्तरीमा आगलागीबाट पाँच घरमा क्षति

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक/एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थिए । (रासस)

प्रतिक्रिया दिनुहोस