प्रतिबन्धित लागुऔषधसहित कारोबारी पक्राउ

मंगलबार, ११ बैशाख २०७५, १९ : २२
प्रतिबन्धित लागुऔषधसहित कारोबारी पक्राउ

पर्सा । भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक कारोबारीलाई प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको बाइपास सडकखण्डबाट दुई हजार ७०० थान प्रतिबन्धित लागुऔषधसहित बाराको कोतवाली आदर्श गाउँपालिका–७ का मञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । कलैयाबाट ना५ख ४१९० नंको बसमा लुकाई छिपाई काठमाडौँ लैजाने क्रममा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेगमीले बताउनुभयो ।

कलैयाबाट वीरगञ्ज हँुदै काठमाडाँैसम्म चल्ने बसबाट मञ्जयले लागुऔषध ढुवानी गर्न लागेको प्राप्त सूचनाका आधारमा बसलाई चेकजाँच गर्दा १० पोकामा रहेको ९०० थान फेनारगन, ९०० थान नर्फिन र ९०० थान डाइजेल्याब नामक प्रतिबन्धित लागुऔषध बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको प्रतिबन्धित लागुऔष भारतसँग जोडिने बाराको नाकाबाट मञ्जयले नेपाल भित्र्याएको अनुसन्धनबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

पक्राउ परेका मञ्जय लागुऔषध कारोबारी भएको र लामो समयदेखि लागुऔषध ओसारपसारमा संलग्न रहेको अनुसन्धानबाट देखिएको पनि उहाँले बताउनुभयो । मञ्जय र बरामद गरिएका लागुऔषधलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस