६६ युनिट रगत संकलन

मंगलबार, ११ बैशाख २०७५, १८ : २६
६६ युनिट रगत संकलन

स्याङ्जा । सन्त निरङ्कारी मण्डलले मानव एकता दिवसको अवसर पारेर आज ६६ युनिट रगत संकलन गरेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–१ बयरघारीमा रहेको सन्त निरङ्कारी मण्डलले आयोजना गरेको रक्तदान शिविरमा ६६ जनाले रक्तदान गरेका हुन् ।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरिएको रक्तदान शिविरमा ३७ पुरुष र २९ महिलाले रक्तदान गरेका सन्त निरङ्कारी मण्डलका अध्यक्ष यामबहादुर खत्रीले बताउनुभयो । “विगत १० वर्षअघिदेखि हामीले प्रत्येक वर्ष २४ अप्रिल अर्थात् मानव एकता दिवसको अवसर पारेर रक्तदान शिविर सञ्चालन गर्दै आएका छौँ,” अध्यक्ष खत्रीले भन्नुभयो – “रक्तदान नै जीवनदान भन्ने मान्यताअनुरुप हामीले रक्तदान शिविर निरन्तर सञ्चालन गर्दै आएका हौँ ।”

संस्थाले रक्तदानसहित समय समयमा भिरकोट नगर सरसफाइ तथा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । आज संकलन भएको रगत रक्त सञ्चार केन्द्र पोखरामा रहने अध्यक्ष खत्रीले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस