शुक्रबार पार्टी एकताको मिति टुंगो लाग्छ : प्रचण्ड

मंगलबार, ११ बैशाख २०७५, १७ : ४०
शुक्रबार पार्टी एकताको मिति टुंगो लाग्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताको मिति चैत १४ गते शुक्रबार टुंगो लाग्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘पार्टी एकता गरिसकेपछि कुनै पनि समस्या नआओस् भनेर समय लागेको हो । एकताको लागि कुनै समस्या छैन’ एकतामा विलम्ब किन भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भन्नुभयो, ‘पार्टी एकता छिटै हुन्छ । दुबै पार्टीका अध्यक्ष बसेर १४ गतेसम्म पार्टी एकताको मिति टुंगो लगाउने सहमझदारीमा पुगेका छौँ ।’
सकेसम्म छिटो पार्टी एकता गर्ने कोशिस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ढिलो हुँदैन । सकेसम्म छिटो एकता गर्ने कोशिसमा छौँ । मे फस्ट वा मे फाइब वा यस्तै यस्तै ुकुनै दिन हुन्छ । यो महिनाभित्रै हुन्छ ।’ दुबै पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेर पनि पार्टी एकताको कामले गति लिन नसकेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।
‘दुईटा अध्यक्षले पर्याप्त समय निकाल्न सक्ने हो भने एकता टुंगिनेतिर जाने थियो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री त व्यस्त हुनु हुने नै भयो, म प्रधानमन्त्री नभएपनि व्यस्त हुनु परेकोले समय दिन नसकिएको हो ।’ पार्टी एकताको लागि हतार गर्नुभन्दा पनि दुई चार दिन ढिलै भएपनि राम्रो होस् भन्ने हिसाबले एकता प्रकृयालाई अगाडि बढाइएको उहाँले बताउनु भयो ।


‘लेनिनले बरु सयचोटी नाप्ने तर जुत्ता अनुसारको खुट्टा बनाउने भन्नु भएको थियो’ जुत्ता र खुट्टाको प्रसंगमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ओलीजीले प्रतिकात्मक अर्थमा खुट्टा ताछेर भएपनि जुत्ता लगाउने भन्नु भएको हो । सबै कुरा मिलिसकेपछि संख्याको कुरा पनि मिल्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन मद्दत पुग्ने उहाँले बताउनु भयो । ‘मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्ध सुधारमा यसले (मोदीको नेपाल भ्रमणले) राम्रो परिस्थिति बनेको छ भन्ने देखाउँछ ।’

 

प्रतिक्रिया दिनुहोस