टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु

मंगलबार, ११ बैशाख २०७५, १७ : २३
टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु

बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस