काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ ।
मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो । बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको छ भने, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले १४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र १७५ जनाको विशेष समिति बनाइएको पनि बताए ।
प्रवक्ता महराले भने, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरुको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।
संगठन सम्बन्धी केही निर्णयहरु भएका छन्, १४९ जनाको सल्लाहकार समिति बनाइएको छ,ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको छ ९९ जनाको, विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ, लेखा समिति २५ जनाको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको छ,भूगोल भन्दा बाहिर काम गर्ने साथीहरुको विशेष समिति १७५ जनाको बनाइएको छ, हामीले हाम्रो पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक कुराहरुको बारेमा पनि छलफल भएको छ, यसमा कार्यदलले एउटा प्रतिवेदन प्रश्तुत गरेको छ, प्रतिवेदनमा विभिन्न ४५ साना ठूला दलहरुले निर्णय गरेका छन्, त्यस निर्णयअनुसार कार्यदलले गरेको छलफललाई अनुमोदन गरेको छ ।’
माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कार्तिक ४ गते बिहीवार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी