आगलागीबाट रु डेढ लाखको क्षति

मंगलबार, ११ बैशाख २०७५, ०९ : १४
आगलागीबाट रु डेढ लाखको क्षति

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार विद्युत् शर्ट भई आगलागी हँुदा घरमा आंशिक क्षति हुन पुगेको छ । आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गरिएको छ । मानवीय र चौपाया क्षति भने नभएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस