सुनसरी । ईटहरी उपमहानगरपालिका ६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित खोटाङ रावाबेशी गाउँपालिका ४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
यार्सागुम्बा सङ्कलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व
यार्सा टिप्न गएकी २२ वर्षीया युवतीको मृत्यु
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु