हत्याका फरार आरोपी पक्राउ

सोमबार, १० बैशाख २०७५, १९ : १२
हत्याका फरार आरोपी पक्राउ

नेपालगन्ज । हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका–१६ बाट उनलाई आइतबार पक्राउ गरेकोे थियो ।

वि.सं. २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेर फरार भएको जानकारी सो अवसरमा दिइयो । यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि हराइरहनुभएको छ । यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्कनुभएको छैन ।

जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । परिवारको तर्पmबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उहाँका सम्धी पूर्णप्रसाद लम्सालले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस