नेकपा एसमा मन्त्री छान्ने जिम्मा सचिवालयलाई, कोको छन् सचिवालयमा ?

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, २० : १३
नेकपा एसमा मन्त्री छान्ने जिम्मा सचिवालयलाई, कोको छन् सचिवालयमा ?

काठमाडौं। नेकपा एकीकृत समाजवादीले दुई मुख्यमन्त्री र चार मन्त्रालय पाउने भएको छ। बागमती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने भएको छ । 

एकीकृत समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । नेकपा एसको आजको बैठकले मन्त्री छान्ने जिम्मा चाहिँ सचिवालयलाई दिएको छ।

बैठकले आजै ११ सदस्यीय सचिवालय समेत तय गरेको छ। सचिवालयमा माधव कुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, विजय पौडेल, राजेन्द्र पाण्डे लगायत रहेका छन्। उनीहरूलाई मन्त्री छान्ने जिम्मा दिइएको स्थायी समिति सदस्य विरोध खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस