आज हुने भनिएको मन्त्रिपरिषद विस्तार रोकियो

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १७ : २८
आज हुने भनिएको मन्त्रिपरिषद विस्तार रोकियो

काठमाडौं । आज हुने भनिएको मन्त्रिपरिषद विस्तार रोकिएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार रोकिएको हो । 

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएपनि कांग्रेसले पहिलेको सहमतिबेगर मन्त्रालय बढी लिएको र नेकपा एकीकृत समाजवादीलाई कम मन्त्रालय दिएपछि सहमतिको टुङ्गो लाग्ननसक्दा मन्त्रिपरिषद विस्तार रोकिएको हो । 
 

प्रतिक्रिया दिनुहोस