काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन् । उनले चारतलामाथिबाट हामफालेर आत्महत्या गरेको भिडियो सिसी क्यामेरामा कैद भएको पाइएको काठमाडौं प्रहरीले बताएको छ ।
क्यामेरामा उनी तलामाथि गएको र हामफालेको पनि दृष्य कैद भएको प्रहरीले बताएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा लगिएको प्रहरीले बताएको छ । पोष्टमार्टमपछि थप तथ्य खुल्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।
भ्रष्टाचारसम्बन्धी कसूरमा उनी डेढ वर्ष जेल बसेका थिए । काठमाडौं–७, बुलबुलेमा उनको घर निर्माण हुँदैछ । उनी उक्त निर्माणाधीन घरको अगाडि उनको शव फेला परेको थियो । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित भएको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा
पर्यटनमन्त्री निगमको कार्यालयमा, कार्यकारी अध्यक्षले गराए योजनाबारे जानकारी
इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज