सम्बन्ध चिसिदा मेयरले नगरसभामा सहभागि हुन हुलाक मार्फत पठाए उपमेयरलाई चिटठी

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, ०९ : ४१
सम्बन्ध चिसिदा मेयरले नगरसभामा सहभागि हुन हुलाक मार्फत पठाए उपमेयरलाई चिटठी

धनगढी । धनगढीको गरुडा नगरपालिकामा मेयर र उपमेयर बिच सम्बन्ध चिसिएको छ । दुवैजना बिच सम्बन्ध चिसिदा दुवै जना एउटै नगरपालिकामा भएपनि चिट्ठी आदानप्रदानका लागि हुलाक मार्फत हुने गरेको छ । 

गरुडाको मुख्य बजारमा  गरुडा नगरपालिकाको भवन छ। नगरपालिकामा नगर प्रमुख इन्नु राय यादव र उपप्रमुख रंगिला देवी जैसवालको कार्यकक्ष सँगसँगै छन्। ‘ओल्लो कोठा, पल्लो कोठा’। यति नजिक कार्यकक्ष हुँदा पनि नगर प्रमुख यादवले उपप्रमुख जैसवाललाई नगरपालिकाको छैंठौ नगरसभामा सहभागि हुन हुलाक मार्फत चिठी पठाएका छन्।

निर्वाचित भएर आएको केही समयपछिनै दुबैजनाको सम्बन्ध सुमधुर छैन्। उनीहरुको कार्यकालको अन्तिम वर्षमा आइपुग्दा सम्बन्ध पानी बाराबारको अवस्थामा पुगिसकेको छ। नगर प्रमुख र उपप्रमुखको तालमेल नहुँदा सो नगरपालिकामा कुनै पनि वर्ष समयमा नगरसभा हुन सकेको छैन्। जसले गर्दा नगरपालिकाको विकास निमार्ण लगायतका कामहरु प्रभावित भइरहेका छन्।

आन्तरिक असहमतिका कारण नगर प्रमुख जसरी पनि नगरसभा गर्ने र उपप्रमुख वहिष्कार गर्ने अडानको बीचमा नगर प्रमुखले उपप्रमुखलाई असोज १७ गतेको नगरसभामा सहभागि हुनका लागि पत्र हुलाका मार्फत पठाएका हुन्। नगर प्रमुख र उपप्रमुखको झगडाले नगरको विकास प्रभावित भएको भन्दै स्थानीय भने चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस