किन पठाइएन सांसदलाई दसैँभत्ता ?

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १९ : ०३
किन पठाइएन सांसदलाई दसैँभत्ता ?

काठमाडौं । यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा  असोज महिनाको मात्र तलबरभत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन ।

गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् । संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पीएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको छ ।

प्रतिक्रिया दिनुहोस