सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, ११ : २०
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको हो ।

त सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस