काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्ता बाक्लिएको छ ।
उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच सोमबार दिउँसो छलफल भइरहेको छ । निधि निवास मध्यबानेश्वरमा जारी छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भइरहेको बताइएको छ ।
कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच निरन्तर छलफल भएपनि नेतृत्वका लागि एक जनाको नाममा सहमति हुन सकेको छैन । १४ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै विमलेन्द्र, शशांक र प्रकाशमानबीच पटकपटक छलफल हुँदै आएको छ । नेतृत्वमा तीनै जनाको दावी छ ।
केहिदिन अघि महामन्त्री कोइराला निवासमा भएको छलफलमा केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीभित्र भूमिका निर्वाह गर्ने र सर्वसम्मत नेतृत्वका लागि सभापतिका सबै आकांक्षीसँग छलफल गर्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, १६ : ०७
लेखकबाट थप