आजै मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारीमा छौँ :  प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १३ : ४४
आजै मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारीमा छौँ :  प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै उनले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताए । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोमबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको जानकारी गराए ।

उनले भने, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस