काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिँदैन ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु पर्ने भए पनि विधान महाधिवेशनमा सहभागी केहीले लगाएको देखिँदैन । मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि महाधिवेशनमा सहभागीहरूले मास्क लगाएका छैनन् ।
सरकारले अनिवार्य मास्क लगाउन भने पनि यसलाई महाधिवेशनमा सहभागीहरूले बेवास्ता गरेका छन् । कार्यक्रमका क्रममा कसैले कोरोना नियन्त्रणका सुरक्षा मापदण्ड पालना गर्न र गराउन आग्रहसमेत गरिएको छैन् । ६ हजारभन्दा बढी सहभागी महाधिवेशनमा मास्कसमेत लगाएका छ्रैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १७ : ४२
लेखकबाट थप