चितवन । नेकपा (एकीकृत) समाजवादी रत्ननगरले १०१ जना नगर कमिटि घोषणा गरेको छ । रत्ननगर नगरपालिकाको १२ वटा वडा बाट १०१ जना नगर कमिटि घोषणा गरिएको हो । जसको अध्यक्षमा बद्रिनाथ अधिकारी , उपाध्यक्षमा हरी कुमार श्रेष्ठ , महिला उपाध्यक्षमा एन्जिला कुँवर , सचिवमा रामहरी अधिकारी र उपसचिवमा ईश्वरराज अधिकारी रहेका छन ।
नेकपा (एकीकृत) समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्री प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ठ अतिथिहरुमा नेकपा एसका पोलिब्युरो कृष्णप्रसाद खनाल, राष्ट्रिय प्रतिनिधि सदस्य सुर्य शर्मा लगायत रहेका थिए ।
नगरपालिकाको कुल १६ वटा वडा मध्ये १२ वटा वडामा कमिटि घोषणा भएको र बाकि ४ वडामा केहि दिन पछि घोषणा हुने प्रचार विभाग प्रमुख विष्णुराज महत्वले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १६ : २१
लेखकबाट थप