प्रहरीद्वारा सैनिककी श्रीमतीमाथि एसिड प्रहार

आइतबार, ०९ बैशाख २०७५, २१ : १८

भरतपुर । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाले आइतबार दिउँसो एक महिलालाई एसिड छर्किएका छन् ।

रत्ननगरमा कार्यरत प्रहरी नायब निरीक्षक खनियाले दिउँसो तीन बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोकमा महिलामाथि एसिड छर्किएका हुन् । गोर्खा घर भई त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई खनियाले एसिड छर्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार श्रेष्ठको अनुहार र खुट्टामा एसिड परेको छ ।

एसिड प्रहारबाट घाइते श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता ढकालले बताउनु भयो । घटना भए लगत्तै खनियालाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको छ ।
एसिड प्रहारबाट घाइते श्रेष्ठका श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि एसिड छर्कनुको कारण भने अहिलेसम्म खुल्न नसकेको ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस