कस्तुरीको बिनासहित एक जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १७ : १०
कस्तुरीको बिनासहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार घलेलाई बिनासहित पक्राउ गरेको हो।

घलेलाई बरामद कस्तुरीको बिना सहित आवश्यक अनुसन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस