लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्ने गरी सरकार काममा जुटेको बताएका छन् ।
आज बेँसीसहर नगरपालिका-७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति लमजुङको १२औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए । अन्तर मन्त्रालय समन्वय गरेर विकास-निर्माणका काम कार्यान्वयन गर्न सरकार लागिपरेको उनले बताए ।
उनले भने, “काँग्रेस र एमाले मिलेर देशको अर्थतन्त्र सुधारेर सुशासन कायम गर्दै जनतालाई उनीहरूको सरकारले राज्य सञ्चालन गरिरहेको अनुभूति गराउने गरी काम गरिरहेको छ । देशको विकासलाई नै केन्द्रमा राखेर सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार सरकार क्रियाशील छ । ”
सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका मन्त्री गुरुङले डुम्रे–बेँसी सहर–चामे सडकको स्तरोन्नतिदेखि लमजुङको समग्र विकासलाई पनि आफूले ध्यान दिएको बताए । उनले भने, “सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको छ, यसको उपयोगबाट समृद्धिको मार्गमा अग्रसर हुन सहज हुन्छ ।” साथै उनले लमजुङ प्याब्सनलाई निजी विद्यालयमा ‘डिजिटल सिस्टम’ लागू गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ पुस २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छ : मन्त्री गुरुङ
वीरेन्द्र वा ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र ‘प्रचण्ड’ आउनु क्रान्ति होइन : सञ्चारमन्त्री गुरुङ
कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ
सहकारी प्रकरणमा संलग्न जुनसुकै दलको भएपनि छानबिन हुन्छ: सञ्चारमन्त्री गुरुङ
लाहुरे संस्कृतिले गुरुङ समुदाय पछि परे : सञ्चारमन्त्री गुरुङ
भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ