मुख्यमन्त्री राईद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

आइतबार, ०९ बैशाख २०७५, १९ : ३७
मुख्यमन्त्री राईद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

विराटनगर ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले नयाँ शिक्षा नीति तथा पाठ्यक्रम ल्याउन लागेको बताउनुभएको छ । विद्यालय भर्ना अभियानअन्तर्गत रतुवामाई नगरपालिकामा आज तीन बालबालिकाको अभिभावकत्व गहण गर्दै उहाँले ती बालबालिकाको अध्ययन र अन्य सबै समस्याको जिम्मा आफूले लिने बताउनुभयो ।

मुख्यमन्त्री राईले मोरङको रतुवामाई नगरपालिका–६ स्थित कादुपाडामा रहेको सरस्वती माविमा मुस्लिम र सन्थाल समुदायका तीन बालबालिकालाई विद्यालय भर्ना गराउनुभयो । उहाँले पाँच वर्षीया मुना मुर्मु, सुदर्शन मुर्मु र रेजिना खातुनको अभिभावकत्व ग्रहण गर्नुभएको हो । ती बालबालिकालाई विद्यालय पोशाक र पाठ्यपुस्तकसमेत उहाँले प्रदान गर्नुभयो ।
सो अवसरमा रतुवामाई नगरपालिकाका प्रमुख रवीन राईले नगरपालिकाभित्र रहेका ४१ सामुदयिक विद्यालयमा नर्सरी कक्षामा अँग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको जानकारी गराउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस