काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्मप्रशंसामा रमाइरहेको बताएका छन् ।गृहजिल्ला तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा शनिबार आयोजित कार्यक्रममा उनले ओलीमाथि तानाशाहको आरोप लगाउँदै आत्मप्रशंसामा रमाएको टिप्पणी गरेका हुन् ।
‘नेकपा एमालेको विधान अधिवेशन चलिरहेको छ । अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएका छन् । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्वीर छैनन्’, पौडेलले भने, ‘पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन् । तानाशाहले हो आत्मप्रशंसा चाहने ओली आत्मप्रशंसामा रमाइरहेका छन् ।’
उनले ओलीले मुलुकलाई तानाशाहीतर्फ धकेल्न खोज्दा आफूले तनहुँबाट तानाशाहीविरुद्ध आन्दोलन सुरु गरेको पनि जिकिर गरे । ‘ओलीले देशलाई तानाशाहीतर्फ लैजान खोजेका थिए, हामीले त्यसबाट बचायौं,’ पौडेलले भने, ‘सिंगो नेपाललाई निल्न खोजेका थिए, हामीले तनहुँबाटै चुनौती दिएका हौं, यो तानाशाही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले नै चुनौती दिएको हुँ ।’
लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलको भनाइ थियो । ‘रामवरणजी रष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस् भन्नुभएको थियो,’ उनले भने, ‘मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ ।’
नेता पौडेलले पार्टीको जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए । ‘चुनावले पार्टीमा हलचल ल्याएको छ, रक्तसञ्चार ल्याएको छ । चुनावले नेपाली कांग्रेसलाई अझ बलियो बनाएको छ,’ पौडेलले भने, ‘देशभर पार्टी चलायमान भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीतल निवासमा मेलम्चीको पानी आपूर्ति नियमित नभएको विषयमा राष्ट्रपति पौडेलको चासो
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार
चार देशका नवनियुक्त राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ