प्रचण्डले भने नतोकिएको दिनमा पार्टी एकता हन्छ

आइतबार, ०९ बैशाख २०७५, १८ : ०६
प्रचण्डले भने नतोकिएको दिनमा पार्टी एकता हन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नतोकिएको दिनमा पार्टी एकता हुने बताएका छन् ।  कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताए ।
‘आज अर्थात बैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय गरेका थिएनौं ।  वाम कार्यदलले   सुझाव दिएको मात्रै हो’,  प्रचण्डले भने, ‘बाहिर हल्ला गरेपछि हामीबीच  त्यो दिन हुँदैन भन्ने पहिले नै कुरा भइसकेको थियो ।  अब नभनेको दिन  एकता हुन्छ ।   

प्रचण्ड एकता गर्ने वित्तिकै समस्या आउन नदिनेगरि दुई पार्टी एक गर्ने तयारी रहिरहेको बताए । ‘आज एकता गर्ने र भोलिदेखि समस्या आउँनु हुन्न भन्ने ढंगमा छलफल गरिरहेका छौं’ प्रचण्डले भने । एमालेका अध्यक्ष केपी ओलीसँग पार्टी एकताका केही आधारमा सहमति भइसकेको प्रचण्डले बताए ।

उनले नेपाली जनताले नै गो अहेड भनेकाले अब पछि फर्किने अवस्था नभएको बताए । “नेपाली जनताले विल्कुल ठिक गर्यौ, गो अहेड भने,” उनले भने, “जनताले हामीलाई भरोसा गरेर स्थिरता र विकासका लागि जसरी भनेका छन् । कतैबाट छुट छैन ।  अब यो जनताको सम्पत्ति भएको छ । अब मैले या केपीले दायाँबायाँ गरे पनि जनताले छुट दिँदैनन् ।”

“सम्मानजनक ढंगले एकता गर्ने हो, विभेद र अपमानित हुनका लागि होइन,” उनले भने, “समानताको सिद्धान्त र आधारमा, न्यायोचित किसिमले पनि एकता गर्नुपर्ने हुन्छ । जुन दिन भनिएको छैन । त्यहीदिन ड्याम्मै एकता हुन्छ । भनिएको दिनमा हुँदैन । ह्रश्व र दीर्घ, कमा र फुलिष्टपमा झगडा गर्ने मान्छे हौं हामी ।”
प्रचण्डले पार्टी एकता हुन नदिन केही शक्ति र स्वाथ्र्यहरु लागेको भन्दै त्यस्ताबाट बच्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस