काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेसमाथि खनिएका छन् । आइतबार राष्ट्रियसभा गृहमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त आयोजना गरेको कार्यक्रममा ओलीले अधिकांश समय कांग्रेसमाथि खनिएर बिताएका थिए । ओलीविरुद्ध मिडिया डराइसके भन्ने केहि दिनअघिको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईप्रति खनिदैं ओलीले भने ‘गति नै छाडेपछि जे पनि भने हुने रैछ ।’
सम्बोधन गर्दै उनले कांग्रेसमाथि प्रहार गर्दै भने ‘मैले इश्वर देखेको छैन्, यदि इश्वर मान्नुपर्छ भने कार्ल माक्सलाई मान्नुस ।’ त्यस्तै उनले भने ‘अघि प्रचण्डले जी ले सेन्टिमेन्टल कुरा गर्नु भो, केपी र प्रचण्डले नमाने पनि एकता हुन्छ भन्ने म अलि सेन्टिमेन्टल हुँदिन । यो बाटोमा भेट्टाएको र अन्तबाट आएको एकता होइन् । सुपरमार्केटमा किनेर ल्याएको एकता होइन् । हामीले नगरेको भए हुँदैन थियो । हामी कुनैपनि हालतमा एकता गर्छौ ।’
प्रतिक्रिया दिनुहोस