काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक सकिएको छ । अर्को बैठक आगामी मंगलबार बस्ने गरी आजको बैठक सकिएको हो ।
उनले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरु पढेर सुनाएका थिए । त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्न अनुमति दिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनको लागि वातावरण बनाउन पटक(पटक आग्रह गरे पनि एमालेले विरोध कायमै राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
सदनमा उठेका विषयको जवाफ दिन सभामुखले गरे सरकारलाई रूलिङ
सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी