माओवादी नेता वर्षमान पुन थप उपचारका लागि बैंकक प्रस्थान

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, ०७ : ३७
माओवादी नेता वर्षमान पुन थप उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् । 

उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाल्याण्ड जान सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस