पीएसजीविरुद्ध आर्सनल २–० ले विजयी

एजेन्सी

बुधबार, १६ असोज २०८१, ०८ : ०१
पीएसजीविरुद्ध आर्सनल २–० ले विजयी

एजेन्सी । पीएसजीलाई पराजित गर्दै आर्सनलले यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितको स्वाद लिएको छ। 

इमिरेट स्टेडियममा भएको खेलमा आर्सनलले पीएसजीमाथि २–० को जित निकालेको हो। 

लिगको पहिलो खेलमा एटलान्टासँग बराबरी गरेको आसर्नलले दोस्रो चरणमा आएर पहिलो जित निकालेको हो। 

खेलको पहिलो हाफमा गरेको दुई गोल नै आर्सनलका लागि पर्याप्त भयो। आर्सनलका लागि काइ हाभार्टज र बुकायो साकाले समान एक गोल गरे। 

खेलको २० औँ मिनेटमा हाभार्टजको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा साकाले एक् गोल थप्दै आर्सनललाई २–० को अग्रता दिलाएक थिए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनलले पिएसजीमाथि सहज जित निकालेको हो। लिगमा एक खेलमा जित र एक खेलमा बराबरी गर्दै ४ अंक बनाएको आर्सनल अंक तालिकाको आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस