दुर्लभ पाटे बाघ मर्‍यो, दुई महिनामा चार बाघ मरे

आइतबार, ०९ बैशाख २०७५, ०९ : ५४
दुर्लभ पाटे बाघ मर्‍यो,  दुई महिनामा चार बाघ मरे

चितवनको सौराहास्थित राप्ती नदी किनारमा आइतबार विहान मृत फेला परेको दुर्लभ पाटेबाघ । तस्वीर : नारायण ढुंंगाना/रासस

चितवन । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्याँै, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भन्नुभयो । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेकाेंं अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस