पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

आइतबार, ०९ बैशाख २०७५, ०९ : ४०
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

बाँके । पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस