काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ ।
कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताउनुभयो । कार्यालयबाट दैनिक १२÷१५ जनाले मात्र खरिद गर्ने गरेको उनले जानकारी दिए । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ ।
उहाँका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ । कोभिड–१९ का कारण जिल्लामा गरिएको निषेधाज्ञा अवधिभर कार्यालयले २० प्रतिशत छुटमा चामल बिक्री गरेको थियो । सो समयमा दैनिक २०० भन्दा बढी चामल किन्न आउनेको भीड नियन्त्रण गर्न कुपन लागू गर्नुपरेको थियो ।
उहाँले कार्यालयले सोना मन्सुली, बासमती र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गरिरहेको बताए । चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक÷एक बोरा खरिद गर्न सक्ने तर एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने उनको भनाइ छ ।
कार्यालय प्रमुख राईले बासमती चामलको बजार मूल्य प्रतिकेजी रु १०६, स्टिम जिरा मसिनोको रु ६५ रहेकामा कार्यालयले प्रतिकेजीमा रु पाँच छुट दिएर बिक्री गरिरहेको बताए । “चाडपर्व आउन अझै निकै दिन बाँकी छ”, उनले भने, “मानिसले पैसा जोहो गर्दै हुनुहुन्छ होला । थोरै भए पनि सहुलियत छ, आइहाल्नुहुन्छ नि !”
असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक २४ गतेसम्म बिक्री हुने जनाइएको छ । कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ पठाइने उनको भनाइ छ । सरकारले उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्रीका लागि अनुमति दिए पनि कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १० असोज २०७८, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट
हुम्लामा आयो पोषणयुक्त चामल
दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर
१४ हजार क्विन्टल चामल खरिदका लागि खाद्य व्यवस्था छान्यो आपूर्तिकर्ता