काठमाडौं । नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् । हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेको अवस्थामा निर्वाचनको एक दिन अघिसम्म कुनै वडामा भने सभापति सर्वसम्मत हुन सकेको छैन । मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ ।
वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए । उनले वडा निर्वाचनमा क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखि माथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जानकारी दिए ।
“आजसम्म वडा सभापतिमा सर्वसम्मत भएको घोषणा भएको छैन, भोलि केही वडामा हुनसक्ने पाइएको छ”, उनले भने । उनका अनुसार नेपाली काँग्रेस जिल्ला समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।
पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ÷नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ । असोज ५ गते हुने वडा अधिवेशनका लागि केन्द्रीय निर्वाचन अधिकृतका रुपमा अधिवक्ता राजेन्द्र लामिछाने जिल्ला आई शनिबारदेखि तयारी थालेका छन् ।
असोज ९ गते हुने नगर निर्वाचनमा बनेपा नगरपालिकाबाट दुई आकाङ्क्षीले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टीको जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जिल्ला सभापतिमा भने सात आकाङ्क्षी रहेका छन् । जसमा वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ असोज २०७८, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान