एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घण्टा लामो भेटवार्ता भएको छ । पार्टी एकतालाई अन्तिम रूप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको वार्ता पनि निष्कर्षमा पुग्न सकेन ।
"आजको वार्ता सकारात्मक तरिकाले सम्पन्न भयो, कुनै ठोस ठोस सहमति भने हुन सकेन छैन । छलफल जारी छ, 'एक नेताले बैठक पछि भने ।
गत मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टीका दुई अध्यक्ष (ओली-दाहाल)लाई बाँकी रहेका विषयहरु टुङ्याउने जिम्मा दिएको थियो ।
छलफल शनिबार पनि जारी रहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस