काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ ।
कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।
यद्यपि,केही बैंकहरुले ढिला गरि नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ । एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने
बैंकका अनुसार दशैं तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ सम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब झिक्दै
राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै
४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक