पार्टी एकीकरण

नेकपा माओवादी केन्द्र र समाजवादी जनता पार्टीबीच एकीकरण

सोमबार, १८ मंसिर २०७४, २० : ३२
नेकपा माओवादी केन्द्र र समाजवादी जनता पार्टीबीच एकीकरण

चितवन । दोस्रो चरणको निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा चार घण्टा अगाडि नेकपा माओवादी केन्द्र र समाजवादी जनता पार्टीबीच एकीकरण भएको छ । नेकपा माओवादी केन्द्र चितवनको पार्टी कार्यालय कृष्णपुरमा सोमबार राति आठ बजेतिर आयोजित विशेष कार्यक्रममा दुई पार्टी एकीकरणको घोषणा गरिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ पार्टी एकीकरण गरिएको घोषणा गरेकय छन् ।

जनताको चाहना, कार्यकर्ताको भावना र राष्ट्रको आवश्यकतालाई दृष्टिगत गरी राजनीतिक स्थायित्व, शान्ति, सुशासन, विकास र समृद्धिका लागि पार्टी एकीकरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस