सेन्ट्रल कलेजले जापानको लागि निःशुल्क रुपमा रि–एप्लाई गर्दै

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, २० : २३
सेन्ट्रल कलेजले जापानको लागि निःशुल्क रुपमा रि–एप्लाई गर्दै

चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले जापानको लागि निःशुल्क रुपमा रि–एप्लाई गर्ने भएको छ । यस्तो सुविधा नयाँ विद्यार्थी तथा प्रोसेसिङमा रहेका विद्यार्थीहरुले पाउनेछन् । 

उच्च शिक्षा अध्ययनको लागि जापान जान चाहने विद्यार्थीहरुका लागि यो सुविधा ल्याएको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि नारायणगढले जनाएको छ । जापान जानको लागि समस्या भएकोे खण्डमा रि–एप्लाई गर्ने सम्पूर्ण वातावरण र लगानी सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले मिलाएको छ । रिएप्लाई गर्दा विद्यार्थीको शुल्क लाग्नेछैन ।

सन् २०१० मा स्थापना भएको यस कलेजको प्रधान कार्यलय काठमाडौं पुतली सडकमा रहेको छ । यसको मुख्य शाखा कार्यालय सहिदचोक नारायणगढमा रहेको छ । यसबाहेक चितवनकै चनौली, पार्वतीपुर, माडी, रत्ननगर, खैरहनीमा पनि यसका शाखाहरु छन् । झन्डै १० वर्षदेखि सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई जापानिज भाषाको कक्षा र आवश्यक परामर्श दिँदै आइरहेको छ । गुणस्तरीय जापानिज भाषा कक्षा र परामर्श दिँदै आएको सेन्ट्रल कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जितिरहेको छ ।

नेपालबाट थप अध्ययनका लागि विभिन्न देश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कलेजले शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । कलेजले जापान जाने विद्यार्थीहरुका लागि लक्षित गर्दै जापानकै प्रशिक्षकबाट भाषा तालिम समेत प्रदान गर्दै आएको छ ।  विद्यार्थी भिसा समेत उपलब्ध गराउदैं आएको कलेजले जापान गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सक्ने तर्फ कलेजले परामर्श दिदैं आएको पनि प्रिन्सिपल यज्ञप्रसाद (वाईवी) पौडेलले बताए । 

पछिल्लो केही वर्ष यता शिक्षासँगै रोजगारीको अवसर समेत प्रशस्त पाईने भएकाले नेपाली विद्यार्थीहरूको रोजाईमा जापान अग्रनी स्थानमा पर्दै आएको छ । नेपालमै शैक्षिक परामर्शका लागि अग्रणी स्थानमा रहेको कलेज विगत १० वर्ष देखि आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस