सेन्ट्रल कलेजको भोलि १६ औं बार्षिकोत्सब मनाउने

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १५ : ४०
सेन्ट्रल कलेजको भोलि १६ औं बार्षिकोत्सब मनाउने

भरतपुर । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ ।

बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिए।बृहत रक्तदान, सांस्कृतिक कार्यक्रम, खेलकुद सामाग्री वितरण र बार्षिक साधारण सभा शुक्रबार नै हुनेछ । कार्यक्रममा सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडिओ प्रिमियर सो गरिनेछ भने बिभिन्न सामाजिक संघ संस्थालाई सम्मान गरिने प्रिन्सिपल पौडेलले बताए ।

बार्षिकोत्सको कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, करन परियार र कमेडी च्याम्पियन सुनिल खड्काको बिशेष प्रस्तुती रहनेछ । कलेजले बार्षिकोत्सब कार्यक्रममा सहभागि हुन सबै बिद्यार्थी र चितवन, नवलपुर र तनहुँका बासिन्दालाई आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस