सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १२ : २८
सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने

चितवन ।  चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर बिभिन्न शैक्षिक कार्याक्रम सञ्चालन गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेजको (विएचएम, बिआइएम) कार्यक्रम र दियालो कलजको (बिबिएस) कार्यक्रम अब भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्नेगरी सम्झौता भएको छ । कलेजले यही शैक्षिक सत्रबाट बिएचएम, बिआइएम र बिबिएस बिषयमा अध्यापन गराउने कलेजका कार्यक्रम संयोजक यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिए ।

‘बिश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गर्दैछौं, पौडेलले भन्नुभयो, नेपालमै बिदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ ।’ उनले नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत खुलेको जानकारी दिए । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं,उनले भने,पार्टटाइम जब र अन्तिम बर्ष बिदेशमा इन्ट्रनसिपमा जानका लागि सपोर्ट गर्छौ ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई बिश्वभर लैजाने जनाएको छ ।

कलेजको अफ्नै बस सुबिधा छ भने होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।