सेन्ट्रल कलेजले सय जना विद्यार्थीलाई बिशेष छात्रबृत्ति दिने

सफल खबर संवाददाता

सोमबार, १० असार २०८१, १५ : ०७
सेन्ट्रल कलेजले सय जना विद्यार्थीलाई बिशेष छात्रबृत्ति दिने

चितवन । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहाने विद्यार्थीलाई सेन्ट्रल कलेजले बिशेष छात्रबृत्ति दिने भएको छ । कलेजले गरिब तथा जेहेनदार, आदिबासी जनजाति, दलित र पछाडि परेको समुदायलाई बिशेष छात्रबृत्ति दिने भएको हो ।

कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलका अनुसार विद्यार्थीका लागि ५० हजारदेखि १० लाखसम्म छात्रबृत्ति उपलब्ध गराइनेछ । सन् २०२५ को चार इन्टेकमा जापनमा अध्ययन गर्न जाने विद्यार्थीलाई कलेजले छात्रबृत्तिको सुविधा प्रधान गर्नेछ । यसका लागि कलेजले विद्यार्थीहरुसंग टेष्ट लिनेछ ।

सामान्य भाषा कक्षा लिएका तथा भाषा कक्षा नलिएर जापान जाने सोच बनाएका विद्यार्थीहरु टेष्टमा सहभागि हुन पाउने प्रिन्सिपल पौडेलले बताए । ‘केही आफै र केही जापानका कलेज तथा युनिभर्सिटीसंगको सहकार्यमा छात्रबृत्ति उपलब्ध गराउनेछौं,पौडेलले भने,यसबाट धेरै विद्यार्थी लाभाम्वित हुने अपेक्षा राखेका छौं ।’ कलेजले आगामी सोमबार ९ बजे सेन्ट्रल टावरमा टेष्ट लिनेछ ।

टेष्टमा सहभागि हुन चाहाने विद्याथीहरुले प्ल टुको मार्गसिट, सर्टिफिकेटर र नागरिकताको फोटोकपिका साथ सेन्ट्रल कलेजको लायन्सचोक भवनमा सम्पर्क गर्न सक्नेछन । सहभागि हुन चाहाने विद्यार्थीले आइतबारसम्म कलेजमा उपस्थित भई फारम भर्नुपर्नेछ ।

सेन्ट्रल कलेजबाहेक अन्य भाषा सेन्टर र कन्सलटेन्सीमा भाषा कक्षा पढेकाहरु छात्रबृत्तिमा सहभागि हुन सक्ने कलेजले जनाएको छ । सेन्ट्रल कलेजले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिसकेको छ । भरतपुर महानगरपालिका २ स्थित भरतपुर ओरालोमा रहेको आफ्नै भवनबाट कलेजले सेवा प्रदान गरिरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भिसा प्रोसेसिङ र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको कलेजले आफ्नो भवन (सेन्ट्रल टावर) बाट सेवा प्रदान गर्न सुरु गरेको प्रिन्सिपल पौडेलले जानकारी दिए । उनले कलेजमा लिफ्टसहित अत्याधुनिक प्रविधिहरु जडान गरिएको भन्दै विद्यार्थीलाई अध्ययनका लागि थप सहज हुने बताए ।

कलेजको नयाँ भवनमा छुट्टाछुट्टै काउन्सेलिङ रुम,अध्याधुनिक प्रविधिसहितका कक्षा कोठा, स्मार्ट बोर्ड, मिटिङ हल, सभा हल लगायतका सेवा सुविधि रहेको प्रिन्सिपल पौडेलले बताए । उनले कलेजले नयाँ इन्टेकका लागि धमाधम विद्यार्थी भर्ना र भाषा कक्षा सञ्चालन गरिरहेको भन्दै नयाँ भवनमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ । समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गरे ।

सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस