सेन्ट्रल कलेजले अझै २ वटा बस सञ्चालन गर्ने

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, १६ : १०
सेन्ट्रल कलेजले अझै २ वटा बस सञ्चालन गर्ने

चितवन ।  सेन्ट्रल कलेजले चितवन, तनहुँ र गोरखा जिल्लाका विद्यार्थीलाई लक्षित गरेर थप दुई बस सञ्चालन गर्ने भएको छ । चितवन र नवलपुरका विद्यार्थीका लागी चार बस सञ्चालन गरिरहेको कलेजले थप दुई बस ल्याउने तयारी गरेको हो । कलेजले विद्यार्थीलाई बस सेवा निःशुल्कै दिदैं आएको छ ।

कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलका अनुसार विद्यार्थी र अभिभावकको माग अनुसार दुई बस सञ्चालनको तयारी गरिएको जानकारी दिए । उनले भने, ‘चितवनको भरतपुर महानगरसंगै रत्ननगर, खैरहनी, राप्ती, कालिका तथा नवलपुरको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयत्रिवेणिमा बस सेवा सञ्चालन भइरहेको छ । अब चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिका तथा तनहुँको देवघाट गाउँपालिका, आबुखैरहनी गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकाका बिद्यार्थीलाई लक्षित गरेर बस सेवा दिनेछौं ।’ उनले अहिले पनि सो क्षेत्रबाट ठूलो संख्या विद्यार्थीहरु यहाँ आएर पढ्ने गरेको बताए । ‘बस सेवा सञ्चालनपछि त्यहाँका विद्यार्थी भरतपुरमा कोठा खोजेर बस्नु पर्दैन, आफ्नै घरमा खाना खाएर सेन्ट्रल कलेजमा भाषा सिक्न पाउँछन्,उनले भने ।’ कलेजले बस सञ्चालन गरेपछि विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहज भएको भन्दै सार्वजनिक बस चढ्दा कक्षा छुट्ने र अध्ययनमा समस्या आउने अबस्थाको अन्त्य भएको पौडेलले बताए।

यस्तै सेन्ट्रल कलेजले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिसकेको छ । भरतपुर महानगरपालिका २ स्थित भरतपुर ओरालोमा रहेको आफ्नै भवनबाट कलेजले सेवा प्रदान गरिरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भिसा प्रोसेसिङ र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको कलेजले आफ्नो भवन (सेन्ट्रल टावर) बाट सेवा प्रदान गर्न सुरु गरेको प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिए । उनले कलेजमा लिफ्टसहित अत्याधुनिक प्रविधिहरु जडान गरिएको भन्दै विद्यार्थीलाई अध्ययनका लागि थप सहज हुने बताए ।

कलेजको नयाँ भवनमा छुट्टाछुट्टै काउन्सेलिङ रुम,अध्याधुनिक प्रविधिसहितका कक्षा कोठा, स्मार्ट बोर्ड, मिटिङ हल, सभा हल लगायतका सेवा सुविधि रहेको प्रिन्सिपल पौडेलले बताए । उनले कलेजले नयाँ इन्टेकका लागि धमाधम विद्यार्थी भर्ना र भाषा कक्षा सञ्चालन गरिरहेको भन्दै नयाँ भवनमा सम्पर्क गर्न अनुरोध गरे ।

पछिल्लो समय जापानमा उच्च शिक्षा अध्ययनका लागि सेन्ट्रल कलेजबाट प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । कलेजबाट भाषा कक्षा लिएर जुलाई इन्टेक २०२४ का लागि प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति सिओई प्राप्त गरेका हुन । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ । समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गरे ।

सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस