सेन्ट्रल कलेजबाट युके र युएसएका कलेज युनिभर्सिटीमा सजिलै जान सकिने

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, १२ : ४५
सेन्ट्रल कलेजबाट युके र युएसएका कलेज युनिभर्सिटीमा सजिलै जान सकिने

चितवन ।  भरतपुरस्थित देशकै अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजबाट युके र युएसएका विभिन्न कलेज तथा युनिभर्सिटीमा समेत अध्ययनका लागि जान सकिने भएको छ । कलेजले पछिल्लो समय आफ्नो सेवा विस्तार गर्दै बिश्वका बिभिन्न देशमा अध्ययनका लागि बिद्यार्थी पठाउन थालेको छ ।

आइएलटिएस, पिटिइ पढेर यहाँबाट प्रोसेस गरेका धेरै विद्यार्थीले भिसा समेत प्राप्त गरेको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिए । उनका अनुसार कलेजले आफ्नै सुविधासम्पन्न भवनबाट अत्याधुनिक प्रविधिसहित अध्यययन अध्यापन र शैक्षिक परामर्शका काम गरिरहेको छ । यहाँ रहेका छुट्टाछुट्टै डिपार्टमेन्टबाट भरपर्दो र विश्वासिलो तरिकाले काम गर्ने गरिएको उनले बताए । ‘पछिल्लो एक वर्षयता युके र युएसएमा धेरै विद्यार्थीको भिसा लागेका छ,उनले भने,सेन्ट्रल कलेजमा युके युएसका लागि विद्यार्थीको चाप बढेको छ ।’

जापानमा उच्च शिक्षा अध्ययनका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्थाको रुपमा परिचित सेन्ट्रल कलेज पछिल्लो समय स्टडी इन दक्षिण कोरिया, युरोप लगायत अन्य देशको समेत हब बन्न थालेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा,दक्षिण कोरिया ,लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । सेन्ट्रल कलेज ग्रुपले स्टडी इन नेपाल भन्दै सेन्ट्रल मोडेल कलेज मार्फत बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउन थालेको छ । पहिलो वर्षमा नै विद्यार्थीका सबै कोटा भरिन थालेका छ ।