प्रधानमन्त्री र अध्यक्षभन्दा देश विकासमा ध्यान छः अध्यक्ष ओली

सोमबार, १८ मंसिर २०७४, १८ : ४५
प्रधानमन्त्री र अध्यक्षभन्दा देश विकासमा ध्यान छः अध्यक्ष ओली

ललितपुर ।  नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताए ।

वाम गठबन्धन क्षेत्र नं–१ ले आज चापागाउँमा आयोजना गरेको चुनावीसभामा उहाँले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको प्रष्ट पारे ।

उनले भने, “अहिले नै हामी पार्टीका अध्यक्ष छौं ,  त्यसका लागि एकीकरणमा जानु पर्दैन ।” नेताको व्यवस्थापनभन्दा पनि जनताको व्यवस्थापनका लागि पार्टी एकीकरण भएको उहाँले बताउनुभयो । घाइते, पीडित, बेरोजगार र गरिब जनताको व्यवस्थापनको आवश्यकता भएको उहाँले औँलाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आर्को  पटक प्रधानमन्त्री हुनेबाहेक अरु चुनावी कार्यसूची नभएको आरोप लगाउँदै उनले भने, “पत्रकारले कार्यक्रम के छ भनेर प्रश्न गर्दा उहाँले म प्रधानमन्त्री बन्नु छ भन्ने गर्नुभएको छ ।” अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकासका कामको थालनी र छिमेकीसँगको सम्बन्ध सुधार गरेको जिकिर गर्दै वामपन्थीसँग सरकारमा गएपछिका थुप्रै कार्यक्रम रहेको जिकिर गर्नुभयो गरे । रासस

 

 

प्रतिक्रिया दिनुहोस