बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, ०९ : २२
बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको मृत्यु

नेपालगंज । बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

रक्तसम्बन्धी रोगबाट पीडित यादवलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल लगिएको थियो । गएराति उनको मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उनी नेकपा ९एमाले० का तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस